किरण चेम्जोङ र विवेक विक्रान्त अधिकारीबीच भएको विवादको छानविन गर्न एन्फाद्वारा कमिटी गठन

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकार र किरण चेम्जोङबीच भएको विवादको अनुसन्धान गर्न कमिटी गठन गरेको छ।

एन्फाका अनुसार सो विवादको छानविन गर्न एन्फाका कार्यसमिति सदस्य मधुसुदन उपाध्यायको संयोजकत्वमा ३ सदस्य छानविन कमिटी गठन गरिएको छ। कमिटीमा सुर्यनाथ अधिकारी र सन्जिव मिश्र पनि सामेल छन्।

उक्त छानविन कमिटीले असार २९ गते आइतबारसम्म एन्फालाई छानविनको रिपोर्ट बुझाउन पर्नै छ। राष्ट्रिय फुटबल टोलीका एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकारी र गोलरक्षक किरण चेम्जोङबीच अभ्यासको कुरालाई लिएर चर्को विवाद भएको खबर बाहिर आएको थियो।