किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित

गोलकिपर किरण चेम्जोङ भारतीय क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् ।

भारतको शीर्ष डिभिजन लिग आईलिग क्लब पन्जाबले बुधबार सामाजिक संजाल फेसबुकबाट किरणलाई अनुबन्ध गरेको जनाएको छ । पन्जाबले फेसबुकमा किरणलाई अनुबन्ध गरेको जनाउदै उनि फर्किएको खुशी व्यक्त गरेको छ ।

‘किरण चेम्जोङ मिनर्वा पन्जाब परिवारमा फर्किएको घोषणा गर्दा निकै खुसी छौं,’ पन्जाबले लेखेको छ ।

किरणले सन् २०१७/१८ को सिजन पनि पन्जाबबाट खेलेका थिए । त्यस सिजन पन्जाबले आई लिग जितेको थियो ।