किरण चेम्जोङले कुवेतविरुद्ध नेपालको कप्तानी गर्ने

कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो ।
नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए ।

कप्तान विराजको फिटनेसको समस्या देखिदा टिममा नपरेका हुन् ।

यसै साता मलेसियन लिग च्याम्पियन जोहोर साउदर्न टाइगर्स एफसीसँग मैत्रिपूर्ण खेलमा नेपालको कप्तानी सुजल श्रेष्ठले गरेका थिए । किरण ट्रायलका लागि जापानमा रहेको कारण सुजलले कप्तानी गरेका थिए ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।