किरणको माल्दिभ्समा उत्कृष्ट प्रदर्शन – म्यान अफ दि म्याच घोषित

गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा उच्च प्रदर्शन गरेका छन् । माल्दिभ्सको उच्च श्रेणीको लिगमा टिसी स्पोर्टस क्लबबाट खेलिरहेका किरणले बिहिबार न्यु रेडीयन्टविरुद्ध उच्च प्रदर्शन गरेका थिए । जुन खेलमा टिसीले न्यु रेडीयन्टलाई १ – ० ले हराएको थियो । टिसीको जितमा इशान इब्राहिमले निर्णायक गोल गरेका थिए ।

यस्तै न्यु रेडीयन्टविरुद्ध जित निकाल्न किरणले केहि उत्कृष्ट गोलहरु बचाऊ गरेका थिए । न्यु रेडीयन्टका फरवार्डलाई गोल गर्न नदिएका किरण म्यान अफ दि म्याच समेत चुनिए ।
यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा यथावत रहेको छ । टिसीले ५ खेलबाट १५ अंक जोडेको छ । टिसी लिगमा अपराजित रहेको छ ।