किरणको बाङ्लादेशमा अर्को उच्च प्रदर्शन

नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले माल्दिभ्समा जारी धिवेही प्रिमियर लिगमा जितको यात्रा कायम राखेको छ । लिग अन्तर्गत बिहिबार भएको खेलमा टिसीले निलान्धु क्लबलाई ७ – ० ले हराएको हो । टिसीलाई जित दिलाउन अली अस्फाक एक्लैले ४ गोल गरे । यस्तै आजम अब्दुलाह, इशान इब्राहिम र इब्राहिम महुधीले एक एक गोल गरे ।

माल्दिभ्सको उच्च श्रेणीको लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका किरणले निलान्धुविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । निलान्धुको केहि उत्कृष्ट आक्रमणहरु किरणले बचाएका थिए । किरण अघिल्लो सिजन पनि टिसीबाटै खेलेका थिए ।

यो जितसंगै टिसी लिगको शीर्ष स्थानमा यथावत रहेको छ । टिसीले १३ खेलबाट १२ जितसहित ३६ अंक जोडेको छ । ७ अंक जोडेको निलान्धु आठौं स्थानमा छ ।