किरणको टिम फेरि पराजित

किरण चेम्जोङको टोलि पन्जाब एफसीले हिरो आईलिगमा दोस्रो हार व्यहोरेको छ ।

मंगलबार भएको खेलमा पन्जाब चर्चिल ब्रोदर्ससँग १-० गोल अन्तरले पराजित भएको हो ।

चर्चिलको जितमा जुलियन जुनिगाले खेलको ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

चर्चिलविरुद्धको खेलमा किरणले कप्तानी गरेका थिए । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।

जितसंगै चर्चिलले ३ खेलमा ७ अंक जोडेको छ । चर्चिल लिगको शीर्ष स्थानमा रहेको छ ।

पन्जाबको यो लगातार दोस्रो हार हो । यस अघि पन्जाब केरेलासँग पराजित भएको थियो ।

पन्जाब ३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।