किन रिसाए रोनाल्डो ? प्रशिक्षकले गरे यस्तो खुलासा

यूरोपेली च्याम्पियन्स लिग (यूइएफए) को बर्ष खेलाडीको व्यग्र प्रतिक्षा गर्दै आएका क्रिस्टियानो रोनाल्डो उपाधि क्रोयसियाका लुका मोडरिकले हात पारेसँगै क्रुद्ध बनेका युभेन्टस फुटबल क्लबका प्रशिक्षक मासिमिलानो अलेग्रीले शुक्रबार खुलासा गरेका छन् ।

रियल म्याड्रिड तथा क्रोयासियाको फुटबल टोलीमा मध्येक्षेत्रमा खेल्ने प्रसिद्ध खेलाडी मोडरिकले आफ्ना पूर्व टोली कप्तान रोनाल्डो र लिभरपुलका मोहम्मद सालालाई पछि पार्दै अगष्ट ३० मोनाकोमा आयोजित पुरस्कार वितरण समारोहमा यस बर्षको बर्ष खेलाडी बन्न सफल भएका हुन् ।

बिहीबार उनी (रोनाल्डो) साह्रै क्रुद्ध बन्नुभयो र यो सामान्य कुरा मात्र हो, अलेग्रीले भने । यस्तै उनले भने “मोडरिकको छनौट मतदाताहरूको व्यक्तिगत छनौट थियो र यसलाई यस्तै रूपमा स्वीकार गर्नुपर्छ ।”

तेत्तीस बर्षीय रोनाल्डोलाई भने पत्रकार र च्याम्पियन्स लिग तथा यूरोपा लिगका फुटबल प्रशिक्षकहरूले सर्वोत्कृष्ट गोलकर्ताको उपाधिका लागि छनौट गरेका छन् ।