किन म्यान्चेस्टर युनाइटेड हालान्ड साइन गर्नबाट पछि सर्‍यो?

म्यानचेस्टर युनाइटेड जस्ता युरोपेली क्लबका चासोको बाबजुद युवा स्टार अर्लिङ हालान्डले साढे चार वर्षको सम्झौतामा जर्मन क्लब बोरुसिया डर्ट्मुन्डमा सम्मिलित हुने निर्णय गरे।

१९-बर्षेका नर्वेका स्ट्राइकर ओल्ड ट्रैफर्डमा जाने धेरै हल्ला चलेको थियो, विशेष गरी पछिल्लो महिना ।

युनाइटेड म्यानेजर ओले गुन्नार सोल्स्कजायर डिसेम्बरमा हालान्डका प्रतिनिधिहरूलाई भेट्न यात्रा पनि गर्न पुगेका थिए र सम्झौता नजिक रहेको देखा परेको थियो।

तर सबै अफवाह पछि, क्लबले नै हालान्ड साइन गर्नबाट पछि सरेका खबर छ, खबर अनुसार युनाइटेडले उनको भविष्यको बिक्री मूल्य र अरु सम्झौतामा असन्तुष्टि देखाएर उनलाई साइन गर्न अस्वीकार गरे।

खबर छ कि हालान्डका प्रतिनिधिहरू, जसमा एजेन्ट मिनो राइओला समावेश छ, हस्तान्तरणबाट आएको रकम र भविष्यको बिक्रीबाट आएको रकमको केहि प्रतिशत रकम आफ्नो नाममा सुरक्षित गर्न चाहान्थे।

युनाइटेड सहमति नहुनुको यो एक प्रमुख विवरण थियो।

प्रिमियर लिग पक्ष ‘आफूलाई यस्तो स्थितिमा राख्ने तयारी नरहेको र क्लबको सट्टामा एजेन्टले खेलाडीको बिक्रीको नियन्त्रणलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने कुरा युनाइटेडलाई मन नपरेको थियो ।’