किन क्रिस्टियानो रोनाल्डो रोमाका खेलाडीहरु संग जर्सी साटदैनन् ?

क्रिस्टियानो रोनाल्डो खेलको पछि आफ्नो जर्सी निकाल्नको लागि प्रख्यात छन्त र उनले अर्को चोटि युभेन्टस रोमाको बिरुद्ध खेल्ने बेला, वा कुनै पनि समयमा रोमा संग आफ्नो जर्सी साट्ने छैनन् ।

पाँच पटकको बलोन डी ओर आफ्नो म्यानचेस्टर युनाइटेडको समयदेखि रोमालाई मन नपराउने गरेको रोनाल्डोले बताएका थिए।

युनाइटेडले २००७को मा च्याम्पियन्स लीग खेलमा रोमाको सामना गरेको थियो र दोस्रो लेगको खेलमा युनाइटेडले रोमाको बिरुद्ध ७ गोल गरेको थियो।

“जब खेल ६- ०मा थियो, तिनीहरूले मलाई रोक्न भने, एक विपक्षीले मलाई ड्री बल गर्न बन्द गर्न बिन्ती गरे,” उनले डिसेम्बर २०१८मा एक अन्तर्वार्तामा दावी गरे।

“अरूले मलाई चोट पुर्याउने धम्की दिए।

“रोमा? त्यहाँको कुनै खेलाडी संग पनि म आफ्नो जर्सी साटासाट गर्दिन।”