किक-अफको समय काजकिस्थानले सेन्ट्रल सर्कलबाटै गोल गरे पछि

नेशन्स लिगको खेलमा अल्बानिया बिरुद्ध काजकिस्थानले निकै उत्कृष्ट गोल गरे। काजकिस्थानका आयबोल अबिकेनले खेलको २४ मिनेटमा किक अफको समय सेन्ट्रल सर्कलबाटै गोल गरे।

आइतबार नेशन्स लिगको अल्बानिया र काजकिस्थान बीच भएको खेलमा काजकिस्थान निकै उत्कृष्ट गोल गरे। युरोपको फुटबलमा काजकिस्थान अन्डरडग रहे पनि अल्बानिया बिरुद्ध काजकिस्थान अचम्मको गोल गरे।

खेलको १६ मिनेटमै अल्बानियाले गोल गरेको थियो र २३ मिनेटमा अल्बानियाले दोस्रो गोल गरेको थियो सो गोल पछिको किक अफमा काजकिस्थानले सेन्ट्रल सर्कलबाटै गोल गरे।

सो गोल निकै अविश्वसनीय रहेको थियो र हाल सो गोलको भिडियो भाइरल हुदै गएको छ। काजकिस्थानका फुलब्याक आयबोल अबिकेनले किक अफको समय अल्बानियाका गोलकिपर आफ्नो पोजिसनबाट बाहिर रहेको देखे पछि सेन्ट्रल सर्कलबाटै प्रहार गरे।

सो प्रहार सिधै गोलमा रूपान्तरण भयो। सो खेलमा भने काजकिस्थानले ३-१को हार बेहोरेको थियो।