काेपा अमेरीका: उरूग्वे र जापान बराबरीमा राेकियाे

कोपा अमेरीका कप फुटबलमा उरुग्वे जापानसँग २-२ गाेलकाे बराबरीमा रोकिएको छ ।

ब्राजिलको पोर्टो एलेग्रोमा भएको खेलमा त्यसोत जापानले दुई पटकको अग्रतालाई जोगाउन सकेन । खेलको २५ औं मिनेटमा कोजी मियोसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर ३२ औं मिनेटमा उरुग्वेले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा पुर्याए । उसका लागि लुइस स्वारेजले गोल गरे ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ५९ औं मिनेटमा फेरी मियोसीले गोल गर्दै जापानलाई अग्रता दिलाए । तर ६६ औं मिनेटमा जिमिनेजले उरुग्वेलाई बराबरीमा पुर्याए ।

त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र उरुग्वेले अंक बाढ्न बाध्य भयो । पुरै खेलमा जापानमाथि हावी भएको उरुग्वेले कुल २७ सत प्रहार गरेको थियो । यता जापानले उरुग्वेको पोष्टमा १२ सट हिर्काएको थियो ।

बराबरीपछि उरुग्वेले समुह ‘सी’ मा चार अंक बनाएको छ । पहिलो खेलमा पराजित भएको जापानले एक अंक जोड्न सफल भयो ।