कावा लियुमाको निधन

एजेन्सी । स्पेनका अन्तर्राष्ट्रिय रग्बी खेलाडी कावा लियुमाको नेदरल्याण्डमा निधन भएको छ । उनको भवनबाट खसेर निधन भएको बताइएको छ ।

उनी भवनबाट खसेसंगै टाउकोमा चोट लागेको थियो ।

उनलाई अस्पतालमा आकस्मिक सल्यक्रिया गर्नु परेको थियो । सल्यक्रिया पछि उनको स्वास्थ अवस्था खस्केको थियो ।

उनको अस्पतालमा निधन भएको हो ।

लेयुमाले समोआको युवा टिम र अक्ल्यान्डका विभिन्न टोलिबाट खेलेका थिए ।

त्यसपछि, उनले स्पेनको नागरिक्ता लिए र स्पेनिस क्लब ओर्डिजियामा आबद्ध भए ।

उनले स्पेनका लागि एक खेलमा उपस्थिति जनाएका छन ।