कार्लो एन्सेलोटी रियल मड्रिडका प्रशिक्षक नियुक्त हुने लगभग पक्का

एजेन्सी, इटालियन प्रशिक्षक कार्लो एन्सेलोटी रियल मड्रिडको नयाँ प्रशिक्षकका रुपमा नियुक्त हुने लगभग पक्का भएको छन्। नियुक्त भएको खण्डमा यो उनको रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो कार्यकाल हुनेछ। उनले पहिलो पटक २०१३ देखि २०१५ सम्म रियल मड्रिडको प्रशिक्षकका रुपमा काम गरेका थिए।

उनी हाल इङलिस क्लब एभरटनका प्रशिक्षक हुन्। रिपोर्टका अनुसार उनका एजेन्ट हाल एभरटनसँगको सम्झौता रद्द गर्न कार्यरत छन्। २०१९/२० को सिजनको अन्त्यमा एभरटन १२ औ स्थानमा रहेको थियो भने गत सिजनको अन्त्यमा एभरटन १० औ स्थानमा सिमित रहेको थियो। उनी २०२४ सम्मका लागि एभरटनमा अनुबन्धित रहेता पनि उनी मड्रिड जान इच्छुक छन्।
रियल मड्रिडका पुर्व प्रशिक्षक जिनेडीन जिडानले क्लब छाडे पछी उनले क्लबको उनी माथी विश्वास नरहेको भनी प्रष्ट पारेका थिए। ६१ वर्षका प्रशिक्षक एन्सेलोटी माथी भने क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पुर्ण विश्वास रहेको बाताइएको छ। उनले रियल मड्रिडका साथसाथै बायन म्युनिख, नापोली, पि.एस.जि जस्ता क्लबको प्रशिक्षकका रुपमा भुमिका निर्वाह गरि सकेका छन्।