कार्भहाल रियल म्याड्रिडमै रहने

एजेन्सी, रियल म्याड्रिडका डिफेन्डर ड्यानी कार्भहालले क्लबसंग सम्झौता नविकरण गरेको छ । उनले क्लबसंग २०२५ सम्मका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

गत सिजन चोटका कारण सिजन गुमाएका कार्भहाल क्लबको पहिलो रोजाइको राइट ब्याक हुन ।

कार्भहालसंगै लुका मोड्रिच, लिकास भ्याज्केज, नाचोले क्लबसंग नया सम्झौता गरेका छन ।

यस्तै, क्लबले स्ट्राइकर करिम बेन्जिमालाई क्लबमै राख्न नया सम्झौताको प्रस्ताव गरेका छन । उनले क्लबसंग २०२३ सम्मका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएको छ ।

कार्भहालको क्लबसंग २० बर्षको सहकार्य गरेका छन । युवा अवस्थामा क्लबसंग अनुबन्ध भएका उनी २०१३-२०१४ सिजनमा कार्लो एन्सिलोटीले डेब्यु गराएका थिए ।

उनले डेब्यु गरेसंगै उनले उक्त स्थानमा आफ्नो पकड जमाएका छन । उनले क्लबसंग ४ पटक च्याम्पियन्स लिग जितेका छन ।