कारखानाको कामदार देखि गोल्डन बुट विजेतासम्म-भार्डीको जीवन यात्रा

दशक अगाडि कसैले पनि जेमी भार्डीको बारेमा सुनेका थिएनन्।

हाल, उनि प्रिमियर लिगमा सबैभन्दा प्रशंसनीय स्ट्राइकर मध्ये एक बनेका छन्, यो सिजन गोल्डन बुटको साथ उनले लेस्टर संग अर्को राम्रो सिजन बिताएका छन्।

शेफील्डमा जन्मेका ३३ वर्षका स्ट्राइकरले आर्सेनलका स्टार पिएरे–एमरिक अउबमेयाङलाई पछि पार्दै गोल्डन बुट जिते। सो क्रममा उनि गोल्डन बुट जित्ने सबैभन्दा बढी उमेर भएका खेलाडी बनेका छन्।

तर उनले यो आफ्नो सपनामा पनि सोच्नका थिएनन् होला कि स्टकसब्रिज पार्क स्टील्स, एफसी ह्यालिफ्याक्स टाउनबाट फ्लीटवुड टाउन र अन्तमा लेसेस्टर सिटी सम्मको यात्राले उनलाई यहाँ ल्याउने छ भनेर।

भार्डीको जन्म शेल्फील्डको हिलस्बरोमा भएको थियो- १५ वर्षको हुँदा उनले शेल्फील्ड वेडनसडेमा खेल्ने अवसर पाए जो उनको मनपर्ने क्लब थियो तर उनले राम्रो गर्न सकेनन र उनले फुटबल छोडे।

उनले १ बर्स सम्म फुटबल खेलेनन् र अन्त्यमा उनले स्थानिय क्लब स्टकसब्रिज पार्क स्टीलमा खेल्न सुरु गरे त्यहाँ उनको तलब £३० प्रति हप्ता थियो जुन निकै थोरै थियो र उनले आफ्नो जीवन चलाउन एक कार्बन फाइबरको कारखानामा काम गर्न सुरु गरे जहाँ उनि दिनको १२ घण्टा सम्म काम गर्थे।

२००७मा उनि इंग्लिश फुटबलको आठौं- डिभिजनको लिगमा खेल्दै थिए उनले आफ्नो उत्कृष्ट प्रतिभा देखाउन थाले, उनले १०७ खेलमा ६६ गोल गरेका थिए र उनलाई २०१०मा एफसी ह्यालिफ्याक्सले साइन गरेको थियो।

उनको राम्रो प्रदर्शन जारी थियो र २०१२मा उनलाई लेस्टरले साइन गरेको थियो, केहि वर्ष पछि उनले लेस्टरमा पनि आफ्नो उत्कृष्ट खेल देखाए र सबैलाई चकित गर्दै लेस्टरले २०१५/१६ को लिग पनि जित्यो ।

उनले लेस्टर संग लिगमा लगातार १० गोल गर्ने रेकर्ड बनाए भने उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट विश्वकप पनि खेले र ३३को उमेरमा उनले प्रिमियर लिगको गोल्डन बुट जितेका छन् र यहि सिजन उनले १०० प्रिमियर लिग गोल पनि पुरा गरेका थिए।