काभानी दिएर युभेन्ट्सको हिगुइन भित्र्याउन खोज्दै पीएसजी

पीएसजीले आफ्ना स्टार इडिन्सन काभानीसँग युभेन्टसका गोन्जालो हिगुइन साट्ने योजना बनाएको बताइएको छ ।

‘एल इक्यूपे’का अनुसार काभानी स्पेनिस क्लब एथ्लेटिको मड्रिड जाने चर्चा चलिरहेका बेला पीएसजीले उनलाई इटालियन क्लब युभेन्टसका हिगुइनसँग साट्ने योजना बनाएको हो ।

फ्रेन्च च्याम्पियन क्लब पीएसजीले आफ्ना स्टार माउरो इकार्डीको विकल्पमा खेल्ने खेलाडीको चाहेको खबरमा उल्लेख छ ।

उसले फर्नान्डो लोरेन्ट, ओलिभर जिराउड, ड्राइस मेर्टन्स र क्रेजिस्टोफ पाइटेक जस्ता खेलाडीलाई ‘टार्गेट’ बनाएको बताइएको छ ।

तर, उसको २०१८ कै इच्छाअनुरुप हिगुइनलाई पीएसजले ल्याउन चाहेको बताइएको छ ।

यद्यपि, युभेन्टसले भने हिगुइनको सरुवाका ’boutमा सोचेको छैन ।
किनकी, प्रशिक्षक माउरिजियो सार्रीले पछिल्लो समय लगातार खेल खेल्न दिइरहेका छन् ।

उनले यस सिजन २६ खेलबाट ८ गोल गरिसकेका छन् ।