काभानीलाई प्रतिबन्ध, यस्तो छ कारण

इडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सहित आर्थिक जरिवाना गरिएकाे छ ।

सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।

३३ वर्षिया उरुग्वेका फरवार्डले अपमानजनक र अनुचित शब्द उपयोग गर्ने आरोपमा फुटबल एसोसियनले दोषी ठहर गरेको छ ।

काभानीले गत नोभेम्बर २९ मा साउथह्याम्टनविरुद्ध गोल गरेपछि सामाजिक सञ्जालमा एक आपत्तीजनक पोस्ट गरेका थिए ।

विवादमा आएपछि काभानीले पोस्टलाई हटाएर माफी समेत मागेका थिए ।

प्रतिबन्ध र जरिवानापछि काभानीले शिक्षाको कार्यक्रम लिन अनिवार्य गरिएको छ ।

काभानीको प्रतिबन्ध तत्काल लागु हुने बताईएको छ । जसका कारण काभानीले नयाँ वर्षको दिनको प्रिमियर लिगमा एस्टन भिल्लाविरुद्धको खेल गुमाउनेछन् ।

यस्तै, ईपीएल कपको सेमिफाईनलमा म्यान्चेष्टर सिटी र एफ ए कपको तेस्रो चरणको खेलमा वाटफोर्डविरुद्ध पनि काभानी उपलब्ध हुने छैनन् ।