प्रिमियर लिगमा भएको खेलमा वोल्भ्सले चेल्सीलाई २-१ले पराजित गरेको थियो। सो हार चेल्सीको लगातार दोस्रो हार रहेको छ भेन वोल्भ्सबिरुद्धको खेलमा चेल्सीका स्टार एनगोलो कान्टेले निकै अनौंठो कुरा गरे। उनले थ्रोबाट आएको बललाई हातले समाते।
Kante just caught a throw in 😂😂😭 #WOLCHEpic.twitter.com/xYVvSSVT0S
— FMThisCountry (@FMThisCountry) December 15, 2020
एनगोलो कान्टे संलग्न रहेको उक्त अनौंठो क्षणको हाल भिडियो भाइरल भएको छ र फ्यानहरु पनि चकित छन् उनले किन हातले बल सामाते भनेर।
उनले उक्त थ्रोलाई हातले सामाते पछि चेल्सी बिरुद्ध वोल्भ्सका खेलाडीहरुले रेफरी सामु गुनासो गरेको देख्न सकिन्छ भने रेफरीले वोल्भ्सलाई फ्री किक दिएका थिए।
२-१को हार चेल्सीको लिगमा लगातार दोस्रो हार हो यो भन्दा अघि चेल्सीले एभरटन संग १-०को हारको सामना गरेको थियो।