काठिन जितसंगै अर्जेन्टिना फाइनलमा

एजेन्सी, कोपा अमेरिका अन्तर्गत सेमिफाइनलको दोश्रो खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेको छ। यससंगै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाईनल प्रवेश गरेको हो । 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३–२ ले बाजी मार्यो ।

खेलमा अग्रता अर्जेन्टिनाले लौटारो मार्टिनेजको गोलबाट लिएको थियो । लियोनल मेस्सीले डिबक्सभित्र उपलब्ध गराएको पासमा मार्टिनेजले गोल गरेका थिए ।

दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत कोलम्बिया खेलमा फर्किएको थियो ।

अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।