काजकस्तानविरुद्ध फ्रान्सको सहज जित

एजेन्सी , विश्व कप छनौट अन्तर्गत काजाकस्तान र फ्रान्सबिरुद्धको खेलमा फ्रान्स विजय भएको छ।

फ्रान्सलाई जित दिलाउन डेम्बेले र अर्को गोल आत्माघाती गोल रहेको थियो।

खेलको १८ औं मिनेटमा मार्सियालको पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए।

त्येस्तै पहिलो हाफ सकिन लाग्दा खेलको ४३ औं मिनेटमा मेलिले आफ्नै पोस्टमा गोल गर्दै फ्रान्सको अग्रता २-० मा पुराए।

दोस्रो हाफमा दुबै टिमले केही मौका सृजना गरे पनि गोलमा भने परिणत गर्न असफल रहयो। फ्रान्सका लागि दोस्रो हाफ सुनौलो मौका पेनाल्टी पाएको थियो सो पेनाल्टीमा एम्बाप्पे चुके।

यो जितसंगै फ्रान्स शिर्ष स्थानमा रहेको छ भने कजाकस्तान पुछारमा छ

फ्रान्सले अर्को खेल बोस्निया हेर्जागोभिनाबिरुद्ध खेल्ने छ भने कजाकस्तानले उक्रेनसंग खेल्ने छ।