पुर्व एसी मिलानका स्टार काका एक फुटबल लेजेण्ड हुन् धेरैले उनि एक धार्मिक र नम्र व्यक्ति भनेर वर्णन गर्ने गर्छन र काकाले फुटबलबाट मात्र नभै आफ्नो व्यक्तित्वले पनि फ्यानहरुको मन जित्दै आएका छन्।
Ryan Giggs: “One day I fouled Kaká and he put his hand in my throat and we had a fight. After the game I found him waiting for me with Gattuso. Gattuso told me that Kaká wanted to apologize but he can’t speak English, I told him that there is no problem and no hard feelings. pic.twitter.com/6hW0cSCaq8
— Sunlight Daily (@SunlightDaily) November 12, 2020
पुर्व म्यान्चेस्टर युनाइटेड स्टार रायन गिग्स काका संगको आफ्नो एक घटना बारे कुरा गरेका थिए जसले पछि फ्यानहरुको माया काका प्रति झन् बढेको थियो।
इन्टरनेटमा काकाले रायन गिग्सको घाँटी समातिएको फोटो भाइरल भएको थियो र सो बारे रायन गिग्सले एक अन्तर्वार्तामा बोले।
त्यो फोटो २००७को म्यानचेस्टर युनाइटेड र एसी मिलान बीचको च्याम्पियन्स लिग खेलको थियो ।
“काकाले मलाई फाउल गरे पछि मैले रेफरीलाई गुनासो गरे र काकाले पहेलो कार्ड पाए र सो कुराबाट उनि खुसी थिएनन् र पछि खेलमा मेरो फाउलमा उनले मेरो घाँटी समाते। रायन गिग्सले भने ।
सो कुराबाट गिग्स खुसी थिएनन् र उनलाई काका धार्मिक भएको ढोंग गरेको जस्तो लागेको बताए । एक अन्तर्वार्तामा रायन गिग्सले भनेका थिए, “उनी धार्मिक भएको दाबी गर्छन् तर उनले मेरो घाँटी समाते।”
यद्यपि खेल अन्तिम सीटी पछि तनाव शान्त भयो र गिग्सले बताए कि एसी मिलानका गट्टुसो युनाइटेडको लोकर रुममा आए र काकाले माफी माग्न चाहेको बताए तर काकालाई अंग्रेजी बोल्न नआएको गट्टुसोले गिग्सलाई बताए।। गिग्सले पनि उनको माफी स्वीकार गरे।
एक अन्तर्वार्तामा, गिग्सले वर्णन गरे कि कसरी काकाले घटना पछि माफी मागे:
“जब उनले माफी मागे, मैले उनलाई भने कि यो कुनै समस्या होइन र हामी केवल मानिस हौं। हामी च्याम्पियन्स लिगमा खेल्दैछौं। उनले (काका) घुँडा टेकेर आफ्नो कुराको आश्वासन दिए, मलाई उनले भगवानको चित्र दिए र उनले भने कि उनले मलाई समात्दा उनलाई आफ्नो गल्ती महसुस भएको थिएन र पछि पछुतो महसुस भएको थियो।”