काउटिन्हो युरोपियन फुटबलबाट टाढा जान सक्ने

ला लिगा क्लब बार्सिलोना आफ्नो स्टार खेलाडी फिलिप काउटिन्होलाई बेच्न इच्छुक रहेको छ भने हाल खबर अनुसार उनी युरोपियन फुटबलबाट टाढा हुन सक्ने छन्। काउटिन्होको लागि हाल बार्सा खरिदकर्ता खोजीमा रहेको छ भने उनको एजेन्ट ब्राजिल क्लबहरू सँग वार्तामा रहेको चर्चा छ।

उनका एजेन्टको ब्राजिल क्लब पाल्मिरास र फ्लेमेन्गोसँग राम्रो सम्बन्ध रहेको खबर छ भने। एट्लेटिको मिनेइरो सँग पनि काउटिन्होको नाम जोडिएको छ। पाल्मिरासले उनलाई लोनमा साइन गर्ने चासो देखाए पनि खबर अनुसार हाल फ्लेमेन्गोले उनलाई साइन गर्न सक्ने सम्भावना रहेको छ।

फ्लेमेन्गो उनलाई लोनमा साइन गर्न इच्छुक रहेको जानकारी छ भने फ्लेमेन्गोले उनको तलबको ३ मिलियन युरो तिर्न सक्ने रिपोर्ट छ।

नयाँ खेलाडी साइन गर्न र तलब खर्च घटाउन बार्साले आफ्नो खेलाडी बेच्नु पर्ने छ भने काउटिन्होलाई बेच्न बार्सा धेरै समय देखि इच्छुक रहे पनि उनको लागि नयाँ क्लब खोज्न बार्सा असफल हुँदै आएको छ भने हाल खबर अनुसार काउटिन्हो ब्राजिल क्लबमा साइन हुँदै युरोपियन फुटबलबाट टाढा जान सक्ने छन्।