काउटिन्हो प्रिमियर लिग क्लब सँग वार्तामा

बार्सिलोनाका स्टार फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्किने क्रममा हुन सक्ने चर्चा छ, खबर अनुसार हाल काउटिन्हो एस्टन भिल्ला सँग वार्तामा छन्।

काउटिन्होले २०१८मा बार्सिलोनामा सामेल हुन लिभरपुल छोडे तर उनी क्याम नाउमा  सरे पछि ब्राजिलियनको योजना बनाउन अनुसार चीजहरू पूरा भएन र हाल उनी प्रिमियर लिगमा फर्किन सक्ने चर्चा रहेको छ। पछिल्लो समय आर्सनल र स्पर्स जस्तो क्लब सँग उनको नाम जोडिएको थियो भने हाल खबर अनुसार एस्टन भिल्ला उनलाई लोनमा साइन गर्न धेरै इच्छुक रहेको छ।

स्टेभेन जेरार्डको नेतृत्वमा रहेको भिल्ला उनलाई भित्राउनेमा सकारात्मक रहेको चर्चा छ। लिभरपुल लेजेन्द स्टेभेन जेरार्डले काउटिन्हो सँगै खेलेका छन् र उनलाई क्लबमा आउन मनाउन उनको ठुलो भूमिका हुने जानकारी छ। भिल्ला सहित अन्य ३ प्रिमियर लिग क्लबहरू पनि उनी सँग सम्पर्कमा रहेको जानकारी छ।

काउटिन्हो ब्राजिलियन क्लबमा जान सक्ने पनि धेरै चर्चा भएको थियो भने हाल प्रिमियर लिग उनको नयाँ गन्तब्य बन्न सक्ने धेरै सम्भावना रहेको छ।

काउटिन्होलाई बेच्न भने बार्सा धेरै इच्छुक रहेको छ। नयाँ खेलाडीहरू साइन गर्न र दर्ता गर्न बार्साले आफ्नो खेलाडीहरू बेच्न पर्ने अवस्था छ काउटिन्होलाई बेच्ने बार्साको योजना रहेको छ। £१०५ मिलियनमा बार्साले उनलाई साइन गरे पनि अन्य बोनस र क्लजहरुको कारण हाल सम्म बार्साले उनको लागि £१४२ मिलियन खर्च गरेको जानकारी छ।