काउटिन्होको लागि प्रस्ताव नआए पछि बार्सिलोना अन्योलमा

बार्सिलोना आफ्नो स्टार मिडफिल्डर काउटिन्होलाई बेच्न तयार रहे पनि उनको लागि अन्य क्लबहरूबाट प्रस्ताव नआए पछि बार्सिलोना अन्योलमा परेको छ। हालको कठिन आर्थिक अवस्थामा उनलाई बेचेर बार्सालाई केही राहत हुन सक्ने कुरा रहेको थियो ट्रान्सफर विन्डो खुले पनि उनलाई बेच्न बार्सा असफल रहेको छ।

हाल उनी घुँडाको चोटबाट निको हुँदै गरेका छन् र मैदानबाट बाहिर रहेका छन्, यस गर्मीको विन्डोमा उनलाई बार्साले ट्रान्सफरको लागि उपलब्ध रहेको घोषणा गरे पनि उनको लागि कुनै प्रस्ताव भने आएको छैन।

एएस स्पोर्ट्सका अनुसार काउटिन्होको लागि कुनै पनि प्रस्ताव आएको छैन, लोनको समेत प्रस्ताव नआए पछि बार्सिलोना हाल अन्योलमा रहेको छ।

काउटिन्हो बार्साको सबैभन्दा महँगो खेलाडी रहेका छन् बार्साले काउटिन्होलाई €१६० मिलियनमा साइन गरेको थियो भने क्लबमा उनले खेलेको समय अनुसार बार्साले लिभरपुललाई थप रकम तिर्न पर्ने सम्झौता रहेको थियो र सो सम्झौता अनुसार हाल बार्साले लिभरपुललाई €५० मिलियन तिर्न पर्ने बाँकी रहेको खबर छ।

२८ वर्षका काउटिन्हो बार्सा छोड्न तयार रहेको पनि कुरा छ तर हाल सम्म उनको लागि कुनै प्रस्ताव आएको छैन। बार्सा उनलाई €५० मिलियन मै बेच्न खुल्ला हुने पनि जानकारी रहेको छ।