पेरिस-सेन्ट जर्मेनका सुपरस्टार काइलियन एम्बाप्पे साइन गर्ने लिभरपूलका कोच जर्जेन क्लोपको सपना रहेको खबर छ।
२१ बर्सका स्टार एम्बाप्पे हाल विश्व फुटबलको एक उत्कृष्ट प्रतिभा हुन् र धेरै ठुला क्लबहरु उनलाई साइन गर्न चाहन्छन् र लिभरपूलले पनि आफ्नो चासो स्पष्ट गर्दै आएको छ।
Jurgen Klopp ‘dreams of signing’ Kylian Mbappe according to reports https://t.co/u5vbRjweMJ pic.twitter.com/Vc7lh1M9Cx
— Liverpool FC News (@LivEchoLFC) October 16, 2020
खबरहरुको अनुसार काइलियन एम्बाप्पे साइन गर्ने क्लोपको ‘सपना’ रहेको छ क्लोपले एम्बाप्पेका बुबा संग पनि कुरा गरेका छन्।
स्पेनका प्रकाशन ए एस स्पोर्टले दावी गरेका छन कि जर्मन प्रशिक्षक विश्वकप विजेतालाई एन्फिल्डमा “प्रलोभनमा गर्न” धेरै उत्सुक छन्।
अन्य धेरै क्लबहरु उनलाई पनि उनलाई साइन गर्न इच्छुक रहेका छन्। बार्सा र रियलले पनि उनि प्रति आफ्नो चासो देखाएका छन्। रियलका कोच जिदान एम्बाप्पेका ठुलो प्रशंसक हुन् र २०२१मा उनलाई रियलमा भित्राउने जिदानको लक्ष्य रहेको छ।
Jurgen Klopp ‘dreams of signing Kylian Mbappe’ and other Liverpool transfer rumours rated https://t.co/Bl2quk3Y90
— Liverpool FC News (@LivEchoLFC) October 16, 2020
एम्बाप्पे पनि जिदानका फ्यान हुन् भने उनलाई जर्जेन क्लोप पनि मन पर्ने कुरा सबैलाई थाहा छ। एम्बाप्पे साइन गर्न क्लबहरुले निकै कडा प्रतिस्पर्धा गर्नु पर्ने देखा परेको छ।