काइलियन एम्बाप्पे र दुई ठुलो क्लबहरु बीच “नियमित सम्पर्क” हुदै आएको खबर रहेको छ। खबर अनुसार रियल म्याड्रिड र लिभरपूलको एम्बाप्पे संग नियमित सम्पर्क हुदै आएको छ- दुवै क्लब उनलाई भित्राउने योजनामा छन्।
Breaking | Liverpool & Real Madrid in regular contact with Kylian Mbappé over a deal for next summer, according to tomorrow’s L’Équipe. More follows.
— Get French Football News (@GFFN) September 21, 2020
२१ बर्षेका स्टारले भविष्यमा पेरिस सेन्ट-जर्मेन छोड्ने आफ्नो चाहनाको कुनै गोप्य राखेका छैनन् र फ्रान्सेली राजधानीमा उनको समय अन्त्य भए पछि उनि अरु चुनौतीको खोजीमा जाने कुरा रहेको छ।
रिपोर्ट अनुसार एम्बाप्पे कुन क्लबमा सम्मिलित हुन चाहेको भन्ने निर्णय गरेका छैनन्, तर उनले दुबै विकल्प खुला राखेका छन् र उनले आफ्नो अतिम सीजनको अन्त्यमा निर्णय गर्ने छन्।
Real Madrid and Liverpool are in regular contact with Kylian Mbappé’s entourage over a possible deal for next summer, the player will decide his future when the current season ends. [@lequipe] pic.twitter.com/NpDVMPG9fZ
— Infinite Madrid (@InfiniteMadrid) September 21, 2020
एम्बाप्पेको पिएसजी सम्झौता २०२२ मा समाप्त हुने छ त्यसैले अर्को गर्मीमा क्लब छोड्नु क्लब र खेलाडीको लागि फाइदाजनक हुने छ अन्यथा २०२२मा उनि फ्री एजेन्ट हुने छन्।
वर्तमानमा पिएसजी संग आफ्नो करार विस्तार कुनै संकेत एम्बाप्पेले देखाएका छैनन्।
जिदान उनलाई रियलमा भित्राउन उत्सुक छन् र उनि एम्बाप्पेका ठुलो प्रशंसक हुन्। लिभरपूल पनि उनलाई क्लबमा ल्याउन चाहन्छन र क्लोपको खेलको एम्बाप्पे एक ठूलो प्रशंसक हुन्।