‘काइलियन एम्बाप्पे रियल म्याड्रिडमा जान चाहन्छन्’

काइलियन एम्बाप्पेका कानूनी प्रतिनिधिले पिएसजीलाई एम्बाप्पे आउँदो ग्रिष्मको ट्रान्सफर विन्डो रियल म्याड्रिडमा जान चाहन्छन् भनेर भनेका छन्।

एबीसीका अनुसार एम्बाप्पेका व्यक्तिगत कानूनी प्रतिनिधि डेल्फिन भेर्हेडेनले पिएसजी प्रमुख लियोनार्डोसँग भेट गरे जहाँ उनले स्टार स्ट्राइकरको मनसाय स्पष्ट गरे।

खबर अनुसार भेर्हेडेनले लियोनार्डोलाई भने कि एम्बाप्पे “विश्वको सबैभन्दा उत्कृष्ट टोलीमा खेल्न प्रतिबद्ध छन्, यस्तो अवसर जुन केही खेलाडीहरूले आफ्नो क्यारियरमा पाउँदैनन …”

पिएसजी संगको सम्झौता अन्तर्गत, एम्बाप्पेको सम्झौता क्लब संग २०२२ सम्म छ, तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काइलियन एम्बाप्पे २०२०को ग्रीष्मकालीन ट्रान्सफर विन्डोमा आफ्नो मुख्य लक्ष्य रहेको बताउंदै आएका छन्।

शनिबार भएको खेलको क्रम कोच थॉमस टुचेल र स्टार स्ट्राइकरको बीच केहि बहस भए पछि एम्बाप्पेका व्यक्तिगत कानूनी प्रतिनिधि डेल्फिन भेर्हेडेनले यस्तो घोषणा गरेको खबर छ।