“काइलियन एम्बाप्पे रियलमा जाने धेरै नजिक थिए”

पूर्व पिएसजी स्टार जेरोम रोथेनले बताए कि काइलियन एम्बाप्पे रियल म्याड्रिड जान धेरै नजिक भएका थिए।

जेरोमका अनुसार काइलियन एम्बाप्पे अहिले सम्म रियल संग सम्झौतामा हुने थिए यदि हाल कोरोनाभाइरस महामारी नभएको भए।

“मलाई स्रोतहरूबाट थाहा छ कि काइलियन एम्बाप्पे रियलका खेलाडी बन्ने धेरै नजिक थिए,”जेरोम रोथेनले रेडियो मोन्टेकार्लोलाई भने।

“अहिले ज भइरहेको छ, यो निश्चित छ कि एम्बाप्पे को रियल को आगमन स्थगित हुनेछ। कुनै पनि हालमा एम्बाप्पेको पिएसजीसंग सम्झौता को विस्तार हुने छैन।”