“काइलियन एम्बाप्पे फुटबलको वर्तमान र भविष्य हुन्”- रोनाल्डो

युवा फ्रान्सेली स्टारको युभेन्टसका सुपरस्टारले समर्थन गरेका छन्।

क्रिस्टियानो रोनाल्डो विश्वास गर्छन कि पेरिस सेन्ट-जर्मेनका स्टार काइलियन एम्बाप्पे फुटबलको वर्तमान र भविष्य हुन्।

लिग १मा मोनाकोको साथ पहिलो पटक आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै हाल एमबप्पेले आफूलाई विश्वको सर्वश्रेष्ठ खेलाडीहरूको रूपमा स्थापित गरेका छन्।

२१ बर्षीया स्टारल फ्रान्सको साथमा विश्वकप जितेका छन् भने क्लब संग घरेलु ट्रफीहरु पनि जितिसकेका छन् र युभेन्टसका सुपरस्टार र पाँच पटकको बोलन डी ओर विजेता रोनाल्डोले पनि एम्बाप्पेको प्रशंसा गरेका छन्।

“काइलियन एम्बाप्पे फुटबलको भविष्य र वर्तमान हुन्,” रोनाल्डोले मार्काले साझा गरेको प्रमोशनल भिडियोमा भने।

“उहाँ एक उत्कृष्ट खेलाडी हुन्, धेरै छिटो, उनि यो खेलको भविष्य हुनेछन।”

काइलियन एम्बाप्पेले पनि फुटबलमा आफ्नो आइडल रोनाल्डोलाई मान्ने गरेका छन्। अरु धेरै युवा खेलाडी रोनाल्डोबाट प्रेरित भएका छन्, बोरुसिया डर्ट्मुन्डका स्टार युवा स्ट्राइकर अर्लिङ हल्यान्डले पनि रोनाल्डो आफ्नो आइडल रहेको बताएका छन्

एम्बाप्पेको यो सिजन २४ गोल रहेको छ। यसै बीचमा रोनाल्डो भने युभेन्टस संग सिरी ए जित्ने बाटोमा छन्, उनले यो सिजन २४ गोल गरेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ