“काइलियन एम्बाप्पे ईतिहासको सबैभन्दा ठूलो फुटबलर बन्न सक्छन”

फिफा संग कुरा गर्दा नेमारले आफ्नो क्लबका टिममेट काइलियन एम्बाप्पे ईतिहासको सबैभन्दा ठूलो फुटबलर बन्न सक्छन भनेर भने।

फिफा संगको अन्तर्वार्तामा उनले फ्रेन्च युवा स्टार काइलियन एम्बाप्पेको खुलेर प्रशंसा गरे।

“काइलियन एक असाधारण खेलाडी हुन्।” उनले फिफालाई बताए

“उनी इतिहासको सर्वश्रेष्ठ खेलाडी बन्न सक्षम छन्। उनि जस्तो खेलाडी आफ्नो टीमको-साथीको रूपमा हुनु ठूलो सम्मान हो। हामी पिचमा एक अर्कोलाई राम्रोसँग बुझ्न सक्छौं र म उनलाई धेरै माया गर्छु!”

नेमार र एम्बाप्पेको मित्रता निकै राम्रो हुदै गएको छ र दुई बीच मैदानमा पनि राम्रो साझेदारी रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ