काइलियन एम्बाप्पेले च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेल गुमाउने

घाइते भएका पेरिस सेन्ट-जर्मेनका स्टार एम्बाप्पेले अगस्तमा लिस्बनमा हुने एटलान्टा बिरुद्धको च्याम्पियन्स लिगको क्वार्टर फाइनल गुमाउने छन्।

२१ वर्षीय स्टार सेन्ट इटियनविरुद्धको खेलमा चोट ग्रसित भएका थिए।

पिएसजीले आगामी जुलाई ३१ मा फ्रेन्च लिग कपको फाइनलमा लियोनसँग खेल्दैछ। यो खेल अब उनले गुमाउने भएका छन्।

यस्तै अगस्ट १२ मा पोर्चुगलको लिस्बनमा पिएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा इटालियन क्लब एटलान्टासँग खेल्ने खेलमा उनी हुनेछैनन्।

पिएसजी सेमिफाइनल पुगे एमबाप्पे मैदान फर्कन सक्छन् उनको खुट्टाको जोर्नीमा चोट पुगेको थियो।