कहिले उपाधि नजिती सबैभन्दा धेरै प्रिमियर लिग गोल गर्ने केनको अनौठो रेकर्ड

हाल प्रिमियर लिग क्लब टोटनह्याममा स्टार स्ट्राइकर ह्यारी केनको निकै राम्रो फम जारी रहेको छ। उनले क्लबमा धेरै गोलको रेकर्ड तोडे पनि उनी क्लब सँग उपाधि जित्न असफल रहेका छन्।

प्रिमियर लिगमा एभरटन विरुद्ध २ गोल गरे पछि उनले हाल लिगमा निकै अनौठो रेकर्ड बनाएका छन्। स्पर्सको लागि उनले प्रिमियर लिगमा १६४ गोल गर्दै इतिहासमा लिग उपाधि नजिती सबैभन्दा धेरै प्रिमियर लिग गोल गर्ने केनले अनौठो रेकर्ड बनाएका छन्।

५ सिजन लगातार २० गोल गर्न सफल रहेका उनी प्रिमियर लिगको चौथो खेलाडी हुन् तर अहिले सम्म उनले लिग भने जितेका छैनन्।

उनको क्लब टोटनह्याम धेरै समय देखि उपाधि विहीन रहेको छ जसको कारण स्टार स्ट्राइकर ह्यारी केन पनि उक्त उत्कृष्ट गोल रेकर्डहरू बाबजुद उपाधि विहीन छन्।

सो कुरा को कारण उनले क्लब छोड्न सक्ने पनि धेरै चर्चा रहेको छ। यो सिजन पनि स्पर्स उपाधि विहीन रहे अर्को सिजन उनले क्लब छोड्न सक्ने खबर छ। रियल र पिएसजी जस्तो क्लबको नजर उनी माथि रहेको पनि चर्चा छ।