कसरी हेर्ने नेपाली फ्यानहरूले विश्वकप फुटबल लाइभ ?

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ यसको अर्थ नेपाली फ्यानहरूले २०२२को विश्वकप फुटबल लाइभ हेर्न पाँच सय शुल्क तिर्न पर्ने हुने छ।

कसरी हेर्ने नेपाली फ्यानहरूले विश्वकप फुटबल लाइभ ?

यो वर्षको कतार २०२२ विश्वकप हेर्न तपाईँले आफ्नो केबल अपरेटरलाई रु. ५०० भुक्तानी गर्नु पर्ने हुने र जसले तपाईँको सेटअप बक्समा हिमालय प्रीमिएम टेलिभिजन च्यानेल अनलक हुने छ । नेपालबाट विश्व कप टेलिभिजनमा हेर्न रु. ५०० देखि ५७५ सम्म तिर्नु पर्ने हुनेछ

विश्वकपको केहि खेल भने नि:शुल्क प्रसारण हुने जानकारी छ। २ सेमी फाइनल खेल र फाइनल खेल भने नेपालमा नि:शुल्क प्रसारण हुने छ जसको लागि अतिरिक्त शुल्क तिर्न नपर्ने रिपोर्ट छ।

अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणमा दर्शकसँग शुल्क नलिई प्रसारण गर्नुपर्ने भन्दै रिट निवेदन दायर गरेका थिए ।

तर, अब शुल्क लिएरै विश्वकप प्रत्यक्ष प्रसारण गर्ने कानुनी बाटो खुला भएको छ । कानुनी बाटो खुला भएसँगै मिडिया हब विश्वकप लाइभको प्रसारणको तयारीमा जुटेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ