कर्ण लिम्बू सम्मिलित संकटाको पहिलो जित

कतार एयर्वेज शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत संकटा क्लबले एनआरटीमाथी जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा संकटाले १-० को अग्रता बनाएको हो ।

खेलको ९ वौ मिनेटमा दिपेश आले मगरको गोलबाट संकटाले अग्रता बनाएको हो ।

दोस्रो हाफमा कुनै गोल हुन नसके पछि संकटाले खेल १-० ले खेल जितेको हो ।

यो संगै संकटा क्लबले लिगमा पहिलो जित दर्ता गर्न सफल भएको छ ।