कर्ण लिम्बु हिमालयन शेर्पा क्लबबाट खेल्ने

झापाली स्ट्राईकर कर्ण लिम्बुलाई हिमालयन शेर्पा क्लबले भित्राएको छ । असोज १३ बाट सुरु हुने ए डिभिजन लिगकालागि हिमालयन शेर्पाले स्टार स्ट्राईकर कर्णलाई क्लबमा ल्याएको हो ।

हिमालय शेर्पा र स्टार खेलाडी कर्ण लिम्बुबीच औपचारिक सम्झौतामा मंगलबार हस्ताक्षर हुने बताईएको छ ।

दुबै तर्फबाट सहमती भयो, कुरा मिलेर सम्झौता भएको हो । कर्णले भने, अबको सिजन हिमालय शेर्पाबाट खेल्छु ।

कर्ण लिम्बुले पहिलो पटक हिमालय शेर्पाबाट खेल्न लागेका हुन् । यसअघि उनी झापा ११ बाट खेल्दै आएका थिए । २०७० सालमा कर्णले मछिन्द्र क्लबबाट खेलेका थिए । सोहि लिगमा उनले ११ गोल गर्दै सर्बाधिक गोलकर्ताको अवार्ड हात पारेका थिए ।