कर्ण लिम्बु हिमालयन शेर्पामा आवद्ध

झापाका चर्चित फरवार्ड कर्ण लिम्बु ए डिभिजन लिगका लागि हिमालयन शेर्पा क्लबमा आवद्ध भएका छन् । गोलनेपालका अनुसार क्लबले उनलाई अनुबन्ध गरेको कुरा समेत पुष्टी गरिसकेको छ ।

यसअघि हिमालयन शेर्पाले निरज बस्नेत, विश्वास श्रेष्ठ, अमर डंगोल र किशोर गिरीलाई अनुबन्ध गरेको थियो । क्लब र कर्णबीचको आर्थिक सम्झौताबारे केही खुलाइएको छैन । शेर्पा क्लबमा आवद्ध भएपछि लिम्बुले क्लबलाई उपाधि दौडमा राख्न आफ्नो तर्फबाट शतप्रतिशत उत्कृष्ट नतिजा दिन प्रयास गर्ने बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । लिगमा काठमाडौंका कुल १४ टोलीहरुले सहभागिता जनाउने छन् ।