नेपाली क्रिकेटर करण केसीले टी १० लिगमा पहिलो विकेट लिएका छन । टिम आबुधावीविरुद्धको खेलमा करणले सुपर स्टार क्रिकेटर क्रिस गेलको विकेट लिन सफल भए ।
उनले आफ्नो पहिलो बलमा १८ रन दिएर गेलको विकेट लिन सफल भए ।
टिमको चौथो ओभर बलिङ लिएर आएका करणले पहिलो बलमा नै गेललाई बोल्ड गर्न सफल भए । उनले गेललाई मात्र नौ रनमा बोल्डआउट गरे ।
त्यसपछि दोस्रो बल वाइड फालेका उनले अर्को बलमा चौका खाएका थिए । तेस्रो बलमा एक रन दिएका करणले चौथा र पाँचौ बलमा लगातार दुई चौका खाएका थिए । अन्तिम बलमा पनि उनलाई जोय क्लार्कले चौका प्रहार गरे ।
यसअघि दुवै खेलमा करण विकेटविहिन बनेका थिए । करणले कलन्दर्सविरुद्ध १ ओभर बलिङ गर्दै ९ रन खर्चेका थिए । जुन उक्त खेलमा पुणेका लागि १० रन दिने एकमात्र बलर थिए । करणले पहिलो खेलमा डेकन ग्ल्याडियटर्सविरुद्ध एक ओभरमा १७ रन खर्चेका थिए ।