कमजोर योङ बोइजविरुद्ध युभेन्टसको हार

युरोपियन फुटबल प्रतियोगितामध्ये ठूलो च्याम्पियन्स लिगअन्तर्गत बुधबार रातिको खेलमा इटालियन क्लब युभेन्टस योङ बोइजविरुद्ध पराजित भएको छ । योङ बोइजको घरेलु मैदानमा भएको सो खेलमा घरेलु टोलीसँग युभेन्टस २–१ ले पराजित भएको हो ।

समूह चरणको अन्तिम खेलमा योङ बोइजलाई जिताउन गुइलाउमे होअराउले दुई गोल गरे भने युभेन्टसका लागि पाउलो डेबलाले एक गोल फर्काए । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहितको टोली खेलको ३० औं मिनेटदेखि १–० ले पछाडि रहेको थियो ।

योङ बोइजका लागि होअराउले ३० औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै पहिलो हाप घरेलु टोलीलाई १–० को अग्रता दिलाए । यस्तै उनले दोस्रो हाफको ६८ औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पारे ।

यता युभेन्टसका लागि डेबलाले ८० औं मिनेटमा एक गोल फर्काए । र, जारी लिगमा ५ जितका साथ समूह ‘एच’को शीर्ष स्थानमा रहेको युभेन्टसले दोस्रो पटक हारको स्वाद चाख्यो ।

यससँगै युभेन्टसलाई पछारेको योङ बोइजको च्याम्पियन्स लिगको यात्रा समाप्त भएको छ भने पराजित भएपनि युभेन्टस समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।