कप्तान भरत खवासको उत्कृष्ट प्रदर्शनमा आर्मी विजयी

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा आर्मीले हिमालयन शेर्पालाई २ – १ गोल अन्तरले हराएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आर्मीको जितमा कप्तान भरत खवासले दुई गोल गरे । हिमालयन शेर्पाका उल्रिच सीवीले एक गोल फर्काए ।

खेलमा आर्मीका कप्तान भरत म्यान अफ दि म्याच चुनिए ।