कप्तानको पदबाट हटाइएको नेयमार कोपा अमेरिका अघि घाइते

कोपा अमेरिकाको तयारीमा रहेका ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणकै क्रममा घाइते भएका छन्। उनको बाँया खुट्टाको घुडामा समस्या देखीएको छ ।

पीएसजीका २७ वर्षीय नेयमार चोटकै कारण तीन महिना मैदान बाहिर रहेका थिए । उनी अप्रिलमा चोटबाट मुक्त खेलमा फर्किएका थिए । कोपा अमेरिका कप आउन अब केही दिन मात्रै बाँकी छ ।

कोपा अमेरिका कपमा ब्राजिल रहेको समूह ‘ए’ मा बोलिभिया, पेरु र भेनेजुएला रहेका छन् । ब्राजिलले १४ जुनमा बोलिभियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सोमबार मात्रै प्रशिक्षक टिटेले नेयमारलाई कप्तानको जिम्मेवारी दिएको थियो ।