कनर किकको समय विपक्षी खेलाडीले चेल्सीका गोलकिपरको ग्लोभ निकाल्न प्रयास गरे पछि

शनिवार प्रिमियर लिगमा चेल्सीले फुलह्याम विरुद्ध २-०को जित हासिल गरेको थियो। सो खेल चेल्सीले सजिलो सँग जितेको थियो तर हाल उक्त खेलमा भएको एउटा अनौठो घटना हाल भाइरल हुँदै गएको छ।

खेलको ५६ औँ मिनेटमा फुलह्यामले कनर किक पाएको बेला फुलह्यामका फोवार्ड बबी रिडले निकै अनौठो चाल चले। उनले चेल्सीका गोलकिपर मेन्दीको ग्लोभ निकाल्न प्रयास गरेको देख्न सकिन्छ।

सो समय फुलह्याम २-०ले खेलमा पछाडि थियो र उक्त कनर फलदायी बनाउन फुलह्यामका खेलाडीहरूको मानसिकता रहेको थियो भने फुलह्यामका फोवार्ड बबी रिडले सो कुरालाई अर्कै स्तरमा लागे।

रिड दुई पटक मेन्दीको ग्लोभको स्ट्र्याप खोल्न सफल भए। गोलकिपरको ध्यान अर्कोतिर लगेर कनरबाट गोल गर्ने रिडको योजना देखिन्थ्यो।

तर फुलह्यामका फोवार्डको उक्त अनौठो चाल फलदायी हुन सकेन। उक्त कनरबाट चेल्सीलाई केही खतरा भएन भने चेल्सीले उक्त खेल २-०ले जितेको थियो।