कतारमा हुँदै गरेको फिफा विश्वकपमा स्टेडियम भित्र मादक पदार्थ सेवन गर्न प्रतिबन्धित रहेको छ भने स्टेडियमको वरपर पनि मादक पदार्थ प्रतिबन्धित रहेको बेला एक मेक्सिकन फ्यानले नक्कली दूरबीनमा रक्सी लुकाएर स्टेडियम भित्र लग्न प्रयास गरे तर उनको प्रयास असफल रह्यो।
Qatari security confiscates binoculars a fan used to hide an alcoholic drink in. pic.twitter.com/btLUYz4F8T
— FT90Extra (@FT90Extra) November 23, 2022
मेक्सिकोका एक समर्थकले कतारको एक स्टेडियममा रक्सी दूरबीनमा लुकाएर लग्न खोजेको भिडियो हाल इन्टरनेटमा भाइरल हुँदै गएको छ।
मेक्सिको र पोल्यान्ड बिचको खेलमा उक्त फ्यानले नक्कली दूरबीनमा रक्सी लुकाएर स्टेडियममा लाग्ने प्रयास गरेका थिए तर स्टेडियममा रहेका सुरक्षा गार्डले उनको उक्त दूरबीनमा जाँच गर्दा सो भित्र रक्सी भेटाए र उक्त दूरबीन सो गार्डले जफत गरे।
पछिल्लो विश्व कपहरूमा स्टेडियम भित्र मादक पदार्थ सेवन गर्न पाउने नियम हुने गरेको थियो भने फिफाको प्रायोजकले नै स्टेडियमको वरपर बियर बेच्ने गर्ने गरेको थियो तर यो वर्ष विश्व कप सुरु हुन केही दिन मात्र बाँकी हुँदा कतारले स्टेडियम भित्र मादक पदार्थ सेवन गर्न प्रतिबन्धित गरेको थियो।