कतार विश्वकपमा ४८ देशले खेल्न पाउने

कतारमा हुने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगितामा ४८ टोलीलाई खेलाउने सम्भावना बढेको छ । यसअघि सन् २०२६ को विश्वकपमा मात्रै ४८ देश खेलाउने तयारी गरिएको थियो । तर, आफू पदमा आइकन अध्यक्ष जियोनी इन्फान्टिन्होले कतार विश्वकपमै ४८ देशलाई सामेल गराने प्रस्ताव गरेकोमा त्यसमा धेरैजसो देशका फुटबल संघले सहमति जनाएका छन् ।

हालसालै इन्फान्टिन्होले आफ्नो सो प्रस्तावमा ६० देशका संघले सहमति जनाइसकेकाले कतार विश्वपकबाटै ४८ देशलाई खेलाउने सम्भावना बढेको बताएका छन् । यदि अब अन्य केही देशले सो प्रस्तावमा सहमति दिए कतार विश्वकपमा खेल्ने टोलीको संख्या ३२ बाट बढाएर ४८ बनाइनेछ ।

यसअघि सन् २०१७ मा फिफाले कतारलाई विश्वकप आयोजना गर्ने अधिकार दिँदाको समयमा भने २०२६ बाट मात्रै विश्वकपमा ४८ देश सहभागी गराउने बताइएको थियो ।