कतारसँग नेपाल स्तब्ध

टी-२० विश्वकप क्रिकेट छनौटको एशियन प्रतियोगितामा कतारले नेपाललाई हराएको छ।

कतारले शीर्ष वरीयतामा रहेको नेपाललाई ४ विकेटले पराजित गरेको हो।

नेपालले पहिले ब्याटिङ गरेर १२२ रन बनाएको थियो। यो लक्ष्य कतारले ४ बल बाकी छदै ६ विकेट गुमाएर पुरा गरे।

नेपालले दोश्रो खेल भोली अर्थात् बुधबार मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार ७ः१५ मा सुरु हुने तालिका रहेको छ।