कतारले एक रंगशाला नेपाललाई ‘उपहार’मा दिने

सन् २०२२ को फिफा विश्वकप फुटबल एसियन देश कतारमा आयोजना हुँदैछ । २२औं संस्करणको विश्वकप आयोजक देश कतारमा अहिले विभिन्न सहरमा १२ वटा आधुनिक रंगशाला बनिरहेका छन् । विश्वकप प्रतियोगिता सम्पन्न भइसकेपछि कतार सरकारले एक रंगशाला नेपाललाई उपहारमा दिने इच्छा देखाएको छ । हाल कतारमा बनिरहेका केही रंगशाला यस्ता छन्, जसलाई सजिलै स्थानान्तरण गर्न सकिन्छ । कतारले त्यस्तामध्ये कुनै एक रंगशाला नेपाललाई दिन चाहेको हो ।

कतारले विश्वकप आयोजना गर्दै गर्दा प्रतियोगितापछि केही रंगशाला कम विकसित देशलाई दिने योजना बनाएको छ । जसअनुसार उसले एक रंगशाला नेपाललाई दिने इच्छा गरेको छ ।

कतार सरकार र नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसँग कुरा गर्दै बनेका नयाँ १२ रंगशालामधये कुनै एक नेपाललाई दिने कतार सरकारको इच्छा रहेको बताएको छ ।स्मरण रहोस्, हाल कतारमा निर्माणाधीन रंगशालामा हजारौंको संख्यामा नेपाली कामदार रहेका छन् । त्यसक्रममा सयौं नेपालीले ज्यानसमेत गुमाइसकेका छन् ।

सोही पक्षको मूल्यांकन तथा रंगशाला निर्माणमा नेपाली कामदारको योगदानको मूल्याांकन गर्दै कतार सरकारले एक रंगशाला नेपाललाई दिने चाहेको हो ।यसबारे नेपालको परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयका अधिकारीसँग काठमाडौं स्थित कतारी दूतावासले प्रारम्भिक छलफलसमेत गरिसकेको बताइएको छ ।