कठिन जितसंगै ब्राजिल सेमिफाइनलमा

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान पहिलो क्वार्टरफाईनलको खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल ब्राजिललाई सेमिफाईनल पुर्याउन पर्याप्त बन्यो ।

खेलको ५० औं मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलको करिब ५० मिनेटको समय ब्राजिलले १० खेलाडीमा सिमिति बनेर खेलेको थियो ।