काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमले दक्षिण एसियाली प्रतिद्वन्दी पाकिस्तानसंग मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ । एन्फाको अनुसार पाकिस्तानसंग नेपालले कार्तिक ३० गते एक मैत्रीपुर्ण खेल खेल्ने पक्का भएको छ ।
दशरथ रंगशालामा हुने खेलमा पाकिस्तानले आठ वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ ।
त्यस्तै, एन्फाले नेपालको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रवेश कटवाललाई सुम्पिएको छ ।
कटुवाललाई एन्फाले मंगलबार आफ्नो मुख्यालय सातदोबाटोमा नियुक्ती पत्र प्रदान गरेको थियो ।
नेपाल र पाकिस्तानबिचको मैत्रीपुर्ण खेल नेपाली समय अनुसार साँझ ५ बजे हुनेछ ।