ओस्कर युरोपियन फुटबलमा फर्किन इच्छुक

पूर्व चेल्सी मिडफील्डर ओस्कर स्वीकार्छन् उनी एक दिन युरोप फर्कन चाहन्छन। स्टार ब्राजिलियन मिडफिल्डरले ब्लुजको साथ दुई पटक प्रिमियर लिग जितेका छन्।

र उनले खुलाए कि उनको पुरानो टिममेट विलियन र डेभिड लुइजले उनलाई यस गर्मीमा आर्सेनलमा आउन अनुरोध गरेका थिए।

तर हाल उनि चिनियाँ सुपर लिगमा शंघाई एसआईपीजीको साथ खुसी रहेको बताए र ओस्करलाई लाग्छ कि यदि उनि युरोप फर्किने हो भने चेल्सी त्यो क्लब हुने छ जहाँ उनी फर्कन चाहन्छन्।

उनले फक्स स्पोर्ट्स ब्राजिललाई भने: “अवश्य पनि म युरोपमा फर्किए मेरो रोजाईको पहिलो क्लब चेल्सी हुने निश्चय नै छ। त्यो क्लबमा मैले धेरै सुन्दर इतिहास र सम्झनाहरु बनाएको छु।

“र जब म सानो थिएँ मैले इटालियन लिग धेरै हेर्ने गर्थे किनभने त्यहाँ धेरै ब्राजिलियनहरू थिए। त्यसैले इटालीका केहि टोलीहरू छन् इन्टर, मिलान जस्ता जुन मलाई धेरै मन पर्छ।

“र एक दिन युरोप फर्कें भने इटालियन लिगमा जाने विचार गर्छु र यूरोिपयन फुटबलमा फर्किन म अझै पनि इच्छुक छु।”