ओल्ड ट्राफोर्डबाट रोनाल्डोको पोस्टर हटाइयो

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडले आफ्नो स्टेडियमबाट रोनाल्डोको पोस्टर हटाएको छ ।

केहि दिन अघि मात्र एक अन्तर्वार्तामा रोनाल्डोले म्यान्चेस्टर युनाइटेडको खुलेआम आलोचना गरेका थिए ।

रोनाल्डोले क्लबका ओनर, केहि आधिकारिक ब्यक्ति र प्रशिक्षकको आलोचना गरेका थिए र उनले आफू २०-२१ वर्षको हुँदा र अहिलेसम्म क्लबमा केहि बद्लाव र परिवर्तन नरहेको पनि बताएका थिए ।

यद्यपि, त्यस पोस्टर ओल्ड ट्राफोर्ड बाहिरबाट हटाउनु अरु केही नभइ खाली संयोग रहेको बुझिएको छ ।

रोनाल्डोले दिएको अन्तर्वार्तालाई लिएर नभई, रग्बीको फाइनल खेलका लागि उक्त पोस्टर हटाएको पनि बुझिन्छ ।

त्यस्तै कुनै रिपोर्ट्सका अनुसार, क्लबका नम्बर ७ खेलाडीहरुको बिज्ञापनका लागि राखिएको त्यस पोस्टर बिज्ञापन सक्किएको हुनाले हटाइएको भनेका छन् ।