ओले गनर सोल्सायरलाई बर्खास्त गर्न माग गर्दै युनाइटेड फ्यानहरू

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार पछि फ्यानहरू खुसी छैनन् भने क्लबका कोच ओले गनर सोल्सायरलाई बर्खास्त गर्न माग गर्दै फ्यानहरू सामाजिक सञ्जालहरूमा सक्रिय भएका छन्।

खेलको पहिलो हाफमै लिभरपुल विरुद्ध युनाइटेड ४-०ले पछि परेको थियो भने सो बेला देखिनै उनको आलोचना हुन सुरु भएको थियो। पछिल्लो ५ लिग खेलमा युनाइटेडले ३ खेल हारेको छ भने १ जित र १ बराबरी गरेको छ। पछिल्लो दुई लिग खेलमा खेलमा मात्र युनाइटेडले ९ गोल खाएको छ भने २ गोल मात्र गरेको छ।

लेस्टर सिटी सँग ४-२ले हारे पछि ओले गनर सोल्सायरको धेरै आलोचना भएको थियो भने सो बेला पनि उनको बर्खास्तको माग भएको थियो तर च्याम्पियन्स लिगमा एटलान्टा विरुद्ध ३-२को जित पछि उनको आलोचना केही सेलाएको थियो तर लिभरपुल विरुद्धको ५-०को हार पछि उनको बर्खास्तको माग झन् बढेको छ भने हाल ओले गनर सोल्सायर धेरै दबाबमा रहेका छन्।

युनाइटेडले आउँदो लिग खेलमा टोटेनह्याम र म्यानचेस्टर सिटीको सामना गर्ने छ र उक्त खेलहरूमा ओले गनर सोल्सायरलाई धेरै दबाब हुने छ। लिभरपुल उक्त जित पछि लिगको दोस्रो स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ७ औँ स्थानमा झरेको छ ।